Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले बढ्याे निक्षेप, घट्यो सिडी रेसियो

अर्थ संसार

सोमबार, २४ माघ २०७८, १३ : ५३ मा प्रकाशित

४ अर्बले बढ्याे निक्षेप, घट्यो सिडी रेसियो

बैंकहरूकाे निक्षेप संकलन एकदिनमा ४ अर्बले बढेकाे छ । बैंकहरू निक्षेप संकलन बढेपछि सिडी रेसियाे घटेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार माघ २० गते ४८ खर्ब ६९ अर्ब रहेकाे बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप माघ २१ गतेसम्म बढेर ४८ खर्ब ७३ अर्ब पुगेकाे छ । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ४ अर्बले बढेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप ४ अर्बले बढेर ४३ खर्ब ११ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४६ खर्ब ७१ अर्बमा स्थिर रहेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.३० प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

6200d3ddd21da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको