कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।
कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले 'कोभिड कि्रटिकल युनिट' बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो। तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रुपमा नन्कोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। कोभिड कि्रटिकल युनिट १५ शैयाको छ ।
उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड कि्रटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ ।
नर्भिकले केही समयअघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक 'कोभिड ओपिडी सेवा' को समेत सुरुवात गरेको थियो। सो सेवा समेत कोभिड कि्रटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहने समेत मिश्रले जानकारी दिए ।
उनकाअनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झै उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको झै विश्वस्तरीय स्वास्थ्य सेवा लिनसक्ने उनको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस