Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवाबीच सम्झौता

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १६ : ५१ मा प्रकाशित

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवाबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फर्स्याैटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुविधा पुर्याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच SCT-UPT Debit Card, SMARTQR, SCT-nPay जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको