Like us!
Follow us!
Connect us!
Watch us!

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, करिव ५८ लाखको लियो ज्यान

अर्थ संसार

बुधबार, २६ माघ २०७८, १३ : ५४ मा प्रकाशित

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, करिव ५८ लाखको लियो ज्यान

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । 

संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ । 

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १९३ जनामा कोरोना पुष्टी भइसकेको छ । 

अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ । भारतमा हालसम्म ४ करोड २४ लाख १० हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

वल्डोमिटर्सको अनुसार ब्राजिलमा २ करोड ६७ लाख ७६ हजार ६२०, फ्रान्समा २ करोड १० लाख ३९ हजार ६३९, बेलायतमा १ करोड ७९ लाख ३२ हजार ८०३ जनालाई कोरोना संक्रमण भएको छ । 

कोरोनाले सबैभन्दा बढीको ज्यान अमेरिकामा लिएको छ । हालसम्म अमेरिकामा ९ लाख ३२ हजार ४४३ जनाको मृत्युको कारण कोरोना बनेको छ ।

कोरोनाका कारण ब्राजिलमा ६ लाख ३३ हजार ८९४, भारतमा ५ लाख ५ हजार ३०८, रुसमा ३ लाख ३६ हजार ७२१ र मेक्सिकोमा ३ लाख ९ हजार ८८४ जनाको मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको