Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रिमा, कसरी दिने आवेदन ?

अर्थ संसार

बुधबार, २६ माघ २०७८, १४ : १० मा प्रकाशित

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रिमा, कसरी दिने आवेदन ?

कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीले आफ्नो नाममा रहेको १० लाख ७७ हजार २ सय ३९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको बैंकले उक्त सेयरहरु बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको सेयर रजिष्टार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं १ नक्साल, नाकपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगाल २ मा आईपुगने गरी आवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

हेर्नुहोस् बैंकले प्रकाशन गरेको सूचना :

62037ab17dfd5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको