Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनामा आयो करिब ५५ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता

अर्थ संसार

बुधबार, २६ माघ २०७८, १७ : ३० मा प्रकाशित

तीन महिनामा आयो करिब ५५ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता

नेपालले पछिल्लो तीन महिनामा करिब ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । 

अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिकदेखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो । 

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ । 

नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । 

पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक (एडीबी) ले ७ अर्ब १७ करोड रुपैयाँ, कोरियाले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ) ले ४६ अर्ब ७९ करोड ३ हजार रुपैयाँ नेपाललाई उपलब्ध गर्ने सम्झौता नेपाल सरकारसँग गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको