Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १७ : १३ मा प्रकाशित

कामना सेवाद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यायल श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई हिजाे भाद्र २० गते  बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो ।

बैंकको सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका थिए। बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महा महोत्सव कार्यक्रमको बीच उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा पोखरा म.न.पा. वडा नं ८ का वडा अध्यक्ष रुद्र नाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, भक्तजनहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको