Like us!
Follow us!
Connect us!
Watch us!

पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १६ : ५७ मा प्रकाशित

पठाओद्वारा पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री कोषका उप निर्देशक रेवती रमण अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।कम्पनीले पशुपति क्षेत्र विकास कोषलाई करिब साढे पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

दुई थान अक्सिजन कन्सनट्रेटर, १/२ लिटर ह्यान्ड स्यानिटाइजर ५ सय थान, सर्जिकल मास्क ५ हजार  थान र अक्सिमिटर २ थान लगायतका सामानहरू कोषलाई सहयोग गरिएको हमालले जानकारी दिइन् ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत 'सञ्जीवनी इनिसिएटिभ' कार्यक्रमको आयोजना गरि कोषलाई सहयोग गरेको हमालले बताइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको