Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको नाफासँगै बढ्यो ईपीएस, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ११ : २२ मा प्रकाशित

रिलायन्स लाइफको नाफासँगै बढ्यो ईपीएस, कस्ता छन् अन्य सूचक ?

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३१.३२ प्रतिशतले बढेर ७ करोड ६० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २२.२८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी २ अर्ब १० कराेड रुपैयाँ र जगेडा काेषमा १८ कराेड १७ लाख ५३ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे जीवन बीमा काेषको आकार ८७.२७ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड ९२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6204a5546f2fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको