Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो, ईपीएस कति ?

अर्थ संसार

शनिबार, २९ माघ २०७८, ०७ : १३ मा प्रकाशित

नेपाल टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो, ईपीएस कति ?

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा १८.४९ प्रतिशतले बढेर ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा सिमित थियो। 

सो अवधिमा कम्पनीको कुल आम्दानी ५.३९ प्रतिशतले बढेर ११ अर्ब ४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी १० अर्ब ४७ करोड १५ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७८ अर्ब ५८ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा संचित रकम पनि बढेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ९७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा ८.ज्ञज्ञ रुपैयाँले बृद्धि आएको हो । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६२३ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.७६ गुणा रहेको छ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

62070e3b86306.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको