Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज हुने, भाग्यमानी ४८ हजार ७ सयले सेयर पाउने

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, ११ : २८ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज हुने,  भाग्यमानी ४८ हजार ७ सयले सेयर पाउने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे  बाँडफाँड आज (फागुन १ गते, आइतबार) टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडाैँमा दिउँसाे ४:३० बजेदेखि सुरू गरिनेछ । उक्त आईपीओको प्रि-अलटमेन्ट शुक्रबार सम्पन्न गरिएकाे थियाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे । अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ६६.६५ गुणा धेरै हो ।  

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ४८ हजार ७ सय ९० जनाले सेयर हात पार्नेछन् ।

जाल्पा सामुदायिक लघुवित्तकी सीईओ बिमला योगीसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको