Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंककाे बाेनस सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, १५ : ०० मा प्रकाशित

नेप्सेमा २ बैंककाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ वटा बैंककाे बाेनस सेयर सूचिकृत भएकाे छ । 

बैंक अफ काठमाण्डू लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार एक सय ७६ दशमलव ४२९० कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

त्यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको