Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ बैंकसहित ६ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

आइतबार, ०१ फागुन २०७८, १७ : ३७ मा प्रकाशित

नेप्सेमा ४ बैंकसहित ६ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

भ्यालेन्टाइन डेमा दिनुहोस ‘मेरी उनीलाई’ उपहार

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ६ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार एक सय ७६ दशमलव ४२९० कित्ता सेयर सूचिकृत भएको हो ।

लुम्बिनी विकास बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता सेयर सूचिकृत भएको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८२ लाख ५१ हजार ६ सय १३ दशमलव ३४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

त्यस्तै, मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस बापतको ८४ लाख ५६ हजार ३ सय दशमलव ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १० लाख २८ हजार ४ सय ९४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यसैगरी, हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस बापतको ६५ लाख ७ हजार ७ सय ६७ दशमलव ८१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

यस अघि पनि बैंक अफ काठमाडौं लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको