Like us!
Follow us!
Connect us!
Watch us!

'धेरै आत्तिने र धेरै मात्तिने प्रवित्तिले बजार भोलाटाइल बन्यो; छिट्टै लयमा फर्किन्छ'

बसन्त पाण्डे

आइतबार, ०१ फागुन २०७८, १८ : २७ मा प्रकाशित

'धेरै आत्तिने र धेरै मात्तिने प्रवित्तिले बजार भोलाटाइल बन्यो; छिट्टै लयमा फर्किन्छ'

साताको पहिलो कारोबार दिन आज आइतबार बजार १०० अंकले घटेको छ। प्रि -ओपनिङ्ग देखि नै ठुलो अङ्कको गिरावट आएको बजारमा सुरुवाती चरणदेखि नै फ्री फल देखियो। आजको बजारमा जतिमा पाइन्छ त्यतिमा बेच्नेहरुको संख्या धेरै हुँदा उच्च अङ्कको गिरावट आएको हो। बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर बढाएसँगै लगानीकर्तामा बजार अब घटेर नै जान्छ भन्ने मनोविज्ञान बनेको देखिन्छ। त्यस्तै सर्बोच्च अदालतका प्रधान न्यायधीसमाथि महाअभियोग लागेको र यो कुरामा राजनीतिक मतभिन्नता हुन गई राजनीतिक अस्थिरता बढ्ने डरले पनि कतिपय लगानीकर्ताले सेयर बेच्न पुग्दा बजार उच्च अंकले बजार घटेको जानकारहरु बताउछन।

केशव कोइराला (काका), सक्रिय लगानीकर्ता

अनुभवी तथा सक्रिय लगानीकर्ता केशव कोइराला (काका) ले अहिले सेयर बजारमा केहि सकारात्मक समाचार आउने बित्तिकै अब त किन्नै पाइदैन कि जसरी उच्च मुल्यमा किन्ने र केहि नकारात्मक समाचार आउने बित्तिकै अब त सबै खत्तम भयो, अब पछि बेच्न पाइदैन जसरी जत्तिमा पाइन्छ त्यत्तिमा बेच्ने लगानीकर्ताहरुको संख्या धेरै हुँदा अहिले बजार धेरै नै रियाक्टिभ भएको बताएका छन। केहि दिन अघि चुनाव घोषणा भएको समाचार आउँदा अब त बजार सर्किटका सर्किट लागेर बढ्छ भन्ने मनस्थिति भएका लगानीकर्ताहरुले माथिल्लो मूल्यमै सेयर किने जसरी नै आज व्याजदर बढ्यो अब त सकियो, बजार सर्किट लागेर घट्छ भन्ने मानसिकता भएका लगानीकर्ताहरुले सेयर बेचेको पनि उनले बताएका छन। कुनै घटनाले कसरी र कतिसम्म असर पार्न सक्छ भन्ने कुराको मुल्याङ्कन नै नगरी बजार हल्लाको आधारमा निर्णय लिने अपरिपक्व लगानीकर्ताहरु हावी भएकाले आज बजारमा १०० अङ्कको गिरावट आएको भन्दै उनले केहि समयमै बजारको करेक्सन फेज अन्त्य भई बजार बढ्दो ट्रेन्डमा जाने अनुमान  गरेका छन।

छोटेलाल रौनियार, पूर्व अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सक्रिय लगानीकर्ता छोटेलाल रौनियारले सेयर बजार अत्यन्तै संवेदनशिल क्षेत्र भएको र विगत केहि दिनदेखि नै व्याजदर बढ्ने र व्याजदर बढे सेयर बजार निक्कै घट्ने भन्ने किसिमका हल्लाहरु बजारमा फैलीसकेको र हल्ला फैलिएजस्तै साच्चिकै व्याजदर बढ्दा लगानीकर्ताहरुको मनोबल गिरेकाले त्यसको प्रभाव आजको बजारमा देखिएको बताएका छन। बजारमा अपरिपक्व लगानीकर्ताहरुको संख्या धेरै रहेकाले आज उच्च अङ्कको गिरावट देखिएको बताउँदै रौनियारले अहिले चलिरहेको करेक्सन फेजको अन्त्य भई केहि समय पश्चात नै बजार बढ्दो ट्रेन्डमा जाने बताएका छन। अहिले बजारमा ट्रेडरहरु हावी भएको बताउँदै रौनियारले अलिक लामो समयको लगानी रणनीति बनाई लगानी गर्नेले नै जित्ने पनि बताए। यसअघि बजार २८०० बाट खसेर २२६० को बिन्दुसम्म झरेको र अहिले पनि कतै बजार त्यस्तै उच्च अङ्कले घट्ने त होइन भन्ने किसिमको त्रास लगानीकर्ताहरुमा रहेको भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै रौनियारले बजार अब केहि अंक भन्दा बढी खस्ने ठाउँ नरहेको र स्थानीय निर्वाचनको घोषणा भईसकेको अवस्थामा बजार अब त्यसरी उच्च अङ्कले घट्ने बारेमा कल्पना पनि गर्न नसकिने बताएका छन्। 'बजार बढ्ने नै हो, त्यसमा दुइमत छैन; बजारले अलिकति बढी समय लिन सक्ला तर बजार बढेर नै जानेछ। ' रौनियारले थप स्पष्ट पारेका छन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको