Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

नेप्से

सोमबार, ०२ फागुन २०७८, १५ : ०२ मा प्रकाशित

नेप्सेमा सुधार : सम्हालिने प्रयास गर्दै सेयर बजार

सेयर बजार सम्हालिने प्रयास गर्दैछ । हिजाे १०० अंक भन्दा धेरैले घटेकाे बजार आज अन्तिममा हरियाे भएर बन्द भएकाे छ । साेमबार नेप्से परिसूचक हरियाे भएर बन्द हुँदा सेन्सेटिभ परिसूचक भने घटेकाे छ । हिजाे भारी गिरावट देखिएकाे बजारमा आज भने सुधारकाे संकेत देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ विन्दुमा पुगेकाे छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.३६ अंकले घटेर ५११.३० विन्दुमा झरेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, साेमबार काराेबारमा नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड अब्बल रहेकाे छ । कम्पनीकाे ५४ कराेड ९१ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बाेनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । यसैगरी, कम्पनीले बाेनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीकाे १०:५ काे अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेकाे छ । 

आज बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेड सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.१३ प्रतिशतले बढेर ६ सय ६५ रूपैयाँ पुगेकाे छ ।

यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.८५ प्रतिशतले घटेर ५ सय ७५ रूपैयाँ कायम भएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको