Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, ११ : ४५ मा प्रकाशित

कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने

सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए । 

‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने । 

बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको बताएका कोइरालाले जानकारी दिए । 

उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको