Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा फर्कियो हरियाली, बढ्दै लगानीकर्ताकाे मनाेबल

नेप्से

मंगलबार, ०३ फागुन २०७८, १५ : १५ मा प्रकाशित

सेयर बजारमा फर्कियो हरियाली, बढ्दै लगानीकर्ताकाे मनाेबल

आज (मंगलबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । लगातार सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजार पुन: सम्हालिने प्रयास गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ मा पुगेकाे छ । नेप्से १.९७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १०.८३ अंकले बढेर ५२२.१३ मा पुगेको छ ।

कूल २२४ वटा कम्पनीकाे ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।

हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड ७७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८९ रूपैयाँ ५० पैसा पुगेकाे छ ।

यसदिन एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ३.१४ प्रतिशतले घटेर १० रूपैयाँ ८० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको