Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टो कारोबारीप्रति कठोर बन्दै प्रहरी, संलग्नता बारे सूचना दिन आग्रह

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, १६ : ५० मा प्रकाशित

क्रिप्टो कारोबारीप्रति कठोर बन्दै प्रहरी, संलग्नता बारे सूचना दिन आग्रह

क्रिप्टो कारोबारीप्रति प्रहरी कठोर बन्दै गएकाे छ । क्रिप्टाे करेन्सीकाे काराेबार गैरकानूनी रहेकाे भन्दै प्रहरीले एक विज्ञप्तिमार्फत् यस्ता काराेबारमा काेही संलग्न भएकाे भए जानकारी दिन अनुराेध गरेकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, "नेपाल राष्ट्र बैंक ऐन,२०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकवाट २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा Virtual Currency/Cryptocurrency अन्तर्गतको कारोबार व्यवसाय तथा Digital Networking Business गैर कानूनी रहेको सम्बन्धी जारी भएको सूचना विदितै छ । सो सम्बन्धमा, क्रिप्टोकरेन्सी, हाईपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोवार नेपालमा प्रतिबन्धित भई यस कार्यालयवाट समेत निग्रानी भईरहेको र विगतमा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरी कानून बमोजिम कारवाही समेत भईसकेको हुँदा उक्त व्यवसायहरु संचालन तथा कारोवार नगर्न नगराउन हुन एवं यससँग सम्बन्धित कुनैपनि कृयाकलापमा संलग्न भए गरेको पाईए कडाईका साथ कानूनी कारबाहीको प्रकृया अगाडी बढने व्यहोरा समेत सबैमा सूचित गरिएको छ।"

त्यसैगरी, यस्ता गैर कानूनी कृयाकलापमा संल्गन व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए प्रहरी कार्यालयलाई सूचना उपलब्ध गराई सहयोग गरी दिन समेत विज्ञप्ति मार्फत् अनुराेध गरिएकाे छ ।

विद्यमान कानूनी व्यवस्था (नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६, दण्ड सजाय) : कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। 

विज्ञप्ति हेर्नुहाेस् :

620b8b18941c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको