Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओली, योगेश भट्टराईसहित एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १३ : ५० मा प्रकाशित

केपी ओली, योगेश भट्टराईसहित एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ । 

अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख दाबी गरिएको छ ।

भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी छ । 
 

620e0442638a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको