Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक बैंककाे बाेनस सूचिकृत

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १५ : ३५ मा प्रकाशित

नेप्सेमा थप एक बैंककाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक बैंककाे बाेनस सूचिकृत भएकाे छ ।

स्टकका अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १०.९३ प्रतिशत बाेनस बापतकाे ३७ लाख २५ हजार ४ सय ५१ दशमलव ०५२५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

यसअघि पनि आज नै नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता र सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बाेनस बापतकाे ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको थियाे ।

निफ्रासहित नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको