पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली हुनाका साथै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उक्त मौसमी प्रणालीको आंशिक प्रभाव रहे पनि आगामी तीन दिनसम्म बदली र वर्षा गराउने महाशाखाले प्रक्षेपण गरेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का हिमपातको सम्भावना छ ।
आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव पाँच र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस