Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीको बारेमामा झुटको पर्दाफास भयो, संसदबाट पास हुन्छ

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, १४ : ५९ मा प्रकाशित

एमसीसीको बारेमामा झुटको पर्दाफास भयो, संसदबाट पास हुन्छ

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताएका छन् ।

सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताए । ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन,’ महतले भने ।

उनले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गरे । कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए ।  ‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबुल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको