यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलनसँगसँगै कर्जा लगानी पनि बढेको हाे ।
फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा एक अर्बले बढेकाे हाे । माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेकाे छ । माघ २९ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस