Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्टमा देखियो बुलिश डाइभर्जेन्स, यसले के संकेत गर्दछ ?

बसन्त पाण्डे

सोमबार, ०९ फागुन २०७८, १६ : ३२ मा प्रकाशित

नेप्सेको चार्टमा देखियो बुलिश डाइभर्जेन्स, यसले के संकेत गर्दछ ?

साताको दोश्रो दिन आज सोमबार बजार २५.४१ अंकले बढेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा बैंक तथा वित्तिय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने बुँदा समावेश गरेसँगै हिजो नेप्से परिसूचक ३९ अंकले घटेको थियो। 

आज कस्तो देखियो बजार ?

आज बजारमा खासै ठूलो उतार चढाव देखिएन। बजार राम्रै अंकले बढे तापनि कारोबार रकम भने उत्साहजनक देखिएको छैन। जम्मा २ अर्ब ९९ करोडको कारोबार हुँदै गर्दा आज बजार अन्तिम घन्टामा बढ्दै डे हाईमा क्लोजिंग दिनुले केहि आशा गर्न सक्ने ठाउँ भने दिएको छ। 

बजार २९८३ बाट घट्दै २७६० सम्म झरेको थियो भने २७६० बाट बढेर २९३० को बिन्दुसम्म पुगेको थियो।  २९३० को बिन्दुबाट झर्दै बजार फेरी २६९५ को बिन्दुसम्म आइपुगेर अहिले बजार बढ्दै २७१८ को बिन्दुसम्म पुगेको छ। यसरी बजार २९८३ को बिन्दुबाट खस्दै गर्दा बजार एउटा Parallel Channel  मा घुमिरहेको देखिन्छ। हिजो एग्रेसिभ्ली बजार खस्दा पनि ठ्याक्कै Parallel Channel को लोवर लाइनसम्म आएर बढ्न थालेको देखिन्छ। अब बजार २७५० भन्दा माथि क्लोजिंग बेसीसमा बस्न सफल भएको खण्डमा बजारको यात्रा माथितिरकै हुनसक्ने सम्भावना बढेर जानेछ।  

इन्डिकेटरहरुले के देखाए ?

नेप्सेको १ घन्टे चार्टमा हेर्दा RSI मा बुलिश डाइभर्जेन्स देखिएको छ।  यसअघि नेप्से २६९५ को बिन्दुसम्म आउँदा RSI २३ को लेभलमा थियो भने बजारले अर्को स्विङ्ग लिएर २६७० को बिन्दुसम्म झर्दा RSI को लेभल २८ थियो ।  यसरी बजार घट्ने तर इन्डिकेटरको लेभल चाहिँ बढ्ने हुन्छ भने त्यसलाई बुलिश डाइभर्जेन्स भनिन्छ। मोमेण्टम इण्डिकेटरहरुले बुलिश डाइभर्जेन्स दिइसकेपछी बजार बढेरै जाने सम्भावना धेरै हुने गर्दछ।  
नेप्सेको १ घट्ने चार्ट्मा हेर्दा MACD मा बुलिश क्रसओभर  देखिएको छ।  यसअघि बजार २६८० को बिन्दुमा हुँदै गर्दा १ घन्टे चार्टमा MACD मा वियरिस क्रसओभर दिएको थियो।  तर आज बजार २७१० बाट माथि लाग्दै गर्दा MACD मा बुलिश क्रसओभर देखिएको छ। MACD ले बुलिश क्रस ओभर देखिनुले बजार बढ्ने संकेत गर्दछ।   

621380db8d12c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको