Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेप्से

मंगलबार, १० फागुन २०७८, १४ : २५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । उक्त लाभांश मंसिर १६ गते सम्पन्न भएकाे संस्थाकाे बाह्राैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

त्यसैगरी, बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २९ लाख ४९ हजार ६ सय ६३ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश पाैष २६ गते सम्पन्न भएकाे कम्पनीकाे २९औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको