एकदिनकाे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेकाे हाे ।
फागुन ९ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले बढेकाे हाे । फागुन ८ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेकाे छ । फागुन ८ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंकहरूकाे सीडी रेसियो घटेकाे छ । फागुन ८ गते औषतमा ९०.३४ प्रतिशत रहेको सीडी रेसियो फागुन ९ गतेसम्ममा घटेर ९०.३१ प्रतिशतमा झरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस