Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीबारे संस्थागत निर्णय गर्न नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम

अर्थ संसार

शनिबार, १४ फागुन २०७८, १२ : १० मा प्रकाशित

एमसीसीबारे संस्थागत निर्णय गर्न नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच हिजो शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीबारे संस्थागत धारण बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेम पनि दिएका छन् ।

प्रधानमन्त्रीको अल्टिमेमपछि प्रचण्डले आजै पार्टीमा छलफल चलाउने प्रतिबद्धता जनाएका छन् । स्रोतका अनुसार उनले आजै पार्टीमा छलफल चलाएर निर्णय लिने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको