Like us!
Follow us!
Connect us!
Watch us!

आगामी साता सेयर बजारकाे यात्रा कता ? (प्राविधिक विश्लेषण)

अर्थ संसार

शनिबार, १४ फागुन २०७८, १३ : ३३ मा प्रकाशित

प्राविधिक विश्लेषक अजय सिंह थापा "जय शम्भाे" ले सेयर बजारमा करेक्सनकाे एक महिना बितीसकेकाे बताएका छन् । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम "टेक्निकल मन्त्र विथ जय शम्भाे" मा कुराकानी गर्दै उनले आगामी साताबाट बजार बढेर जानुपर्ने जस्ताे देखिएकाे बताएका छन् । 

नेप्से प्यारालाल च्यानलमा आइसकेको बताउँदै अब यहाँबाट घट्नु पर्ने भन्ने नभएको उनले बताए । अब आगामी साता बिस्तारै स्लो रेसियोमा एक दुई दिन घट्ने अथवा आइतबारदेखि नै बाउन्स हुने उनको अनुमान छ । 

तर प्यारालाल च्यानलमा घट्याे र त्यहाँबाट तल झर्याे भने बजारले अझै ठूलो करेक्सन लिन सक्ने वा अझै लामाे साइड वेजमा जान सक्ने चान्स रहेकाे उनी बताउँछन् । उनले थपे, "अहिले मैले त्याे चान्सबाट चाहिँ हेरेकाे छैन । याे प्यारालाल च्यानलबाट नै मार्केट सपाेर्ट लिएर माथि उठ्छ र याे प्यारालाल च्यानल ब्रेक गरेपछि चाहिँ हामीले मार्केट बुलिसमा जाने कन्फर्मेसन देख्नेछाैँ ।" 

याे साता सेयर बजार समग्रमा सुखद रहेन । यस साता नेप्से परिसूचक २.६० प्रतिशतले घटेर २६६१.४४ विन्दुमा झरेकाे छ । यस सता औषतमा दैनिक ३ अर्ब ५४ कराेड बराबरको मात्रै सेयर कारोबार भएको थियाे । यस साता नेप्सेमा सूचिकृत १३ उपसमूहमध्ये हाइड्राेपावर उपसमूह बाहेक बाँकी सबै उपसमूहहरू घटे ।

प्राविधिक विश्लेषक अजय सिंह थापासँग गरिएको कुराकानीको भिडियो हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको