Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य करेक्सन, हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण

नेप्से

आइतबार, १५ फागुन २०७८, १५ : १० मा प्रकाशित

नेप्सेमा सामान्य करेक्सन, हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सामान्य करेक्सन देखिएकाे छ ।

घटेकाे बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढेकाे देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर सूचक बढ्दा सर्वाधिक काराेबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर हाइड्राेपावर कम्पनीहरूले नै अधिकांश हिस्सा ओगटेका छन् । एमसीसी पारित हुने देखिएपछि हाइड्रोपावरमा लगानीकर्ताकाे आकर्षण बढेकाे हाे ।

एमसीसी पारित गर्ने गढबन्धनको निर्णयसँगै चम्कियो हाइड्रो, प्राविधिक रुपमा कस्तो देखिन्छ ?

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेकाे छ । नेप्से ०.२९ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावर उपसमूह र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ४४ लाख २४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आइतबार एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले बढेर ४ सय ६९ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

आज हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.५८ अंकले घटेर ७ सय ३० रूपैयाँमा झरेकाे छ ।

याे पनि :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको