Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी पारित गर्ने गढबन्धनको निर्णयसँगै चम्कियो हाइड्रो, प्राविधिक रुपमा कस्तो देखिन्छ ?

बसन्त पाण्डे

आइतबार, १५ फागुन २०७८, १४ : ५९ मा प्रकाशित

एमसीसी पारित गर्ने गढबन्धनको निर्णयसँगै चम्कियो हाइड्रो, प्राविधिक रुपमा कस्तो देखिन्छ ?

सत्ता गठबन्धन व्याख्यात्मक टिप्पणीसहित MCC पारित गर्ने निर्णयमा पुगेसँगै हाइड्रोपावर सेक्टरमा चमक देखिएको छ। धेरैजसोले MCC पास भएको खण्डमा हाइड्रो सेक्टरका कम्पनी हरुमा उछाल आउनेछ भन्ने विश्लेषण गरिरहेका छन। 

प्राविधिक रुपमा चाहिँ हाइड्रो सेक्टर यतिबेला कस्तो अवस्थामा छ भन्ने चासो आम लगानीकर्ताहरुमा रहेको सन्धर्भमा हामीले विभिन्न दृष्टिकोणबाट हाइड्रो सेक्टरको प्राविधिक विश्लेषण गरी यो आलेख तयार पारेका छौं।  

हाइड्रो इन्डेक्सले यसअघि १८ अगस्ट २०२१ मा आफ्नो अल टाइम हाई (३९६०) को बिन्दु चुमेको थियो।  त्यहाँबाट खसेर हाइड्रो इन्डेक्स २४७० को बिन्दुसम्म झर्यो।  २४७० को बिन्दुबाट बढ्न थालेको इन्डेक्स ३३३८ को बिन्दुसम्म पुग्यो र ३३३८ को बिन्दुबाट घट्दै  २४८३ को बिन्दुसम्म झर्यो। २४८३ को बिन्दुबाट बढ्न थालेको इन्डेक्स ३६११ को बिन्दुसम्म पुग्यो र ३१८० सम्म आइपुगेर ३१८० को बिन्दुलाई सपोर्ट बनाउँदै अहिले यो आलेख तयार पार्दाको समयमा ३३०५ को बिन्दुमा छ।  

हाइड्रो इन्डेक्स ३६११ को बिन्दुबाट खस्दै ३१८० को बिन्दुसम्म खसेर ३१८० को बिन्दुलाई सपोर्ट बनाउँदै माथि जाने क्रममा एउटा प्यारेलल च्यानलको फर्मेसन भएको छ। अहिले हाइड्रो इन्डेक्सले त्यहि प्यारेलल च्यानलको मिडल लाइनलाइ रेसिस्टेन्स बनाएको देख्न सकिन्छ।  यदि हाइड्रो सेक्टर बढ्ने नै भए ३३६० को एरिया जुन अहिले त्यो प्यारेलल च्यानलको मिडल लाइन हो; त्यसलाई ब्रेक गरेर बजार ३६६० माथि  नै बस्नु अनिवार्य देखिन्छ। 

यदि ३३६० को बिन्दुलाई क्रस गर्दै  ३३६० माथि क्यान्डलहरु बन्छन भने हाइड्रो सेक्टर बढेर नै जानेछ र प्यारेलल च्यानलको अपर लाइनको एरिया ३५४० को पहिलो टार्गेट बन्नेछ भने यदि ३५४० लाई पनि ब्रेक गर्दै बजार माथितिर जान्छ भने ३७३० को अर्को टार्गेट बन्नेछ। तर यदि हाइड्रो इन्डेक्स ३३६० भन्दा माथि सस्टेन हुन सकेन र तलतिर झर्न थाल्यो भने ३२५० को सपोर्ट एरियासम्म आउन सक्ने देखिन्छ।  ३२५० को सपोर्ट एरियालाई रेस्पेक्ट गर्न सकेन र झन् तलतिर जान थाल्यो भने हाइड्रो इन्डेक्स अझै तल झर्न सक्ने सम्भावना रहन्छ।  

621b41f17cf6d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको