एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखा कार्यालयको कार्यक्षेत्र भित्र बसोबास गरिरहेका समुदायका मानिस, स्थानीय व्यापारी तथा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा संस्थाका कर्मचारीहरुले समुदायमा मानिसहरु भेला गरेर, स्थानीय व्यापारीहरुको पसल तथा मानिस जमघट हुने स्थानहरुमा वित्तीय साक्षरताको महत्तव, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्तव, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानीको विकास, बचतका प्रकार, डिजिटल बैंकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानीको विकास आदिका बारेमा जानकारी गराएका थिए ।
शनिबार विभिन्न शाखा कार्यालयहरुले देशव्यापी रुपमा गरिएको कार्यक्रममा करिब २ लाख मानिसहरु लाभान्वित भएको संस्थाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस