बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन १३ गते, शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन १२ गते बैंकहरूकाे निक्षेप ४३ खर्ब ८ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे ।
निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी १ अर्बले बढेर ४६ खर्ब ८७ अर्ब पुगेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.३२ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस