Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा शिवरात्रीको अवसरमा भक्तजनहरुलाई पानी तथा जुस वितरण

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १० : ४८ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा शिवरात्रीको अवसरमा भक्तजनहरुलाई पानी तथा जुस वितरण

महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पश्पतिमा दर्शण गर्न आउने भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ ।

यसैगरी काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ । उक्त कार्यमा बैंकका कर्मचारीहरु बिहानैदेखि खटेका छन् । 

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनहरुलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस भन्ने पवित्र उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको र आगामी वर्षहरुमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको