Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति ?

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १६ : २४ मा प्रकाशित

५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियो कति ?

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार फागुन १५ गते, आइतबारसम्म वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन १३ गते, शुक्रबारसम्म बैंकहरूकाे निक्षेप ४३ खर्ब १३ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनकाे अवधिमा बैंकहरूकाे निक्षेप ५ अर्बले बढेकाे हाे । यसै अवधिमा कूल निक्षेप पनि ४ अर्बले बढेर ४८ खर्ब ८० अर्ब रूपैयाँबाट ४८ खर्ब ८४ अर्ब पुगेकाे छ ।

निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६३ अर्ब पुगेकाे छ । यसै अवधिसम्म कुल कर्जा लगानी ३ अर्बले बढेर ४६ खर्ब ९० अर्ब रूपैयाँ पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.३२ प्रतिशतबाट घटेर ९०.२९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

621f4a14874ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको