Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले चितवनमा थप्याे ३ वटा शाखा

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, ११ : २४ मा प्रकाशित

कामना सेवा विकास बैंकले चितवनमा थप्याे ३ वटा शाखा

कामना सेवा विकास बैंक लिमिटेडले चितवनमा थप ३ वटा शाखा सञ्चालनमा ल्याएकाे छ । 

आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औ शाखा कार्यालय स्थापना गरी हिजाे फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको हाे ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यससँगै १३२ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको