Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कम्पनीको बोनस सहित ७ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

शनिबार, २१ फागुन २०७८, ०७ : २१ मा प्रकाशित

नेप्सेमा ६ कम्पनीको बोनस सहित ७ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । सूचिकृत स्रेय मध्यमा इमर्जिङ नेपालकाे आईपीओ र बाँकी ६ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे नेप्सेले जनाएकाे छ । 

१) सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १२.७० प्रतिशत बाेनस बापतकाे २८ लाख ७३ हजार ८ सय ७६ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पौष १९ गते, साेमबार सम्पन्न भएकाे तेह्राैँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे थियाे ।

२) सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे ५.७५ प्रतिशत बाेनस बापतकाे ५१ लाख ९४ हजार ७ सय ९६ दशमलव ९६३९ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको पौष ३० गते शुक्रबार सम्पन्न भएको एघारौं वार्षिक साधारणले बैंकको चुक्ता पूँजीको ५.७५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने नगद गरी कुल ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको थियाे ।

३) प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १४.२५ प्रतिशत बोनस बापतको १५ लाख ३१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएको हो ।

बहस:सेयरबजारको लगानीले अर्थतन्त्रमा कस्तो असर ? सेयरबजार कता ? Sandeep Chaudhary र Parshuram Chhetri

कम्पनीको माघ २१ गते शुक्रबार सम्पन्न भएकाे वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।  

४) कृषि विकास बैंक लिमिटेडकाे २० प्रतिशत बोनस बापतको २ कराेड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता सेयर सूचिकृत भएको हो ।

५) सिद्धार्थ बैंक लिमिटेडकाे १४.२५ प्रतिशत बाेनस बापतकाे एक कराेड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता सेयर सूचिकृत भएको हो ।

६) प्राइम कमर्सियल बैंक लिमिटेडकाे १६ प्रतिशत बाेनस बापतकाे २ कराेड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो । 

७) इमर्जिङ नेपाल लिमिटेडकाे साधारण सेयर (आईपीओ) पनि यसै साता नेप्सेमा सूचिकृत भएकाे छ । कम्पनीकाे ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । 

नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम एक सय ५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३ सय १५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि ENL सिम्बाेल पाएकाे छ ।

कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको