Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद बाँडफाँट, ५९ हजार कित्ता सेयर लिलामीमा आउने

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, १० : १९ मा प्रकाशित

छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद बाँडफाँट, ५९ हजार कित्ता सेयर लिलामीमा आउने

छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरको बाँडफाड सम्पन्न गरेको छ । 

कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रदमा रितपूर्वक आवेदन दिएका २८ हजार ३११ जना सेयरधनीलाई कुल ८ लाख ३३ हजार १९१ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

हकप्रद मार्फत नबिकेको ५९ हजार ८३४ कित्ता हकप्रद सेयर अब लिलामी प्रक्रियाबाट बिक्रि गरिने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको