बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन २० गते, शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन १९ गते बैंकहरूकाे निक्षेप ४३ खर्ब १७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा कुल निक्षेप पनि ७ अर्बले बढेर ४८ खर्ब ९० अर्ब पुगेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ६६ अर्ब पुगेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.२६ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस