Like us!
Follow us!
Connect us!
Watch us!

आज अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा, सेयर कारोबार पनि नहुने

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, ०५ : ५६ मा प्रकाशित

आज अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा, सेयर कारोबार पनि नहुने

आज मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा परेको सार्वजनिक विदाका कारण सेयर कारोबार नहुने भएको हो ।  फागुन २४ गते सार्वजनिक विदा दिने भनेर नेपाल राजपत्र खण्ड ६९० मा उल्लेख गरिएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिला सम्बन्धी संघ संस्थाले विभिन्न कार्यक्रमहरू गरेर मनाउने गर्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको