Like us!
Follow us!
Connect us!
Watch us!

एक रुपैयाँको नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक, के-के छन् विशेषता ?

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, ११ : १८ मा प्रकाशित

एक रुपैयाँको नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक, के-के छन् विशेषता ?

नेपाल राष्ट्र बैंकले भाेलि (फागुन २५ गते, बुधबारदेखि) एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउँदैछ ।

साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका एक रुपैयाँ दरका सिक्का भाेलिदेखि बजारमा पठाइन लागिएको हो । 

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरीमा एक रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने एउटा माेटाे थोप्ला रहेको छ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6226eb5ba4cfb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको