Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सद्धारा थप २ वटा सेवा शुभारम्भ

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, ११ : ४५ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सद्धारा थप २ वटा सेवा शुभारम्भ

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई वटा सेवाहरुको सुभारम्भ गरेको छ । इन्स्योरेन्सले आइजिआई हेल्थपल्स बीमालेख र IGI Easy Cashless Clame Settlement (IGI ECCS) सेवाको शुभारम्भ गरेको हो । 

कम्पनीको हिजो (फागुन २३ गते) आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यूको प्रमुख आतिथ्य तथा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल सहित कम्पनीका संचालक समितिका पदाधिकारीहरु, स्पार्क अटोकेयर प्रा.लि. का अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारीहरु, विभिन्न संचार माध्यामका पदाधिकारी तथा प्रतिनिधिहरु लगायतको उपस्थितिमा निम्नानुसारका थप दुई सेवाहरुको सेवा शुभारम्भ गरेको हो । 

आइजिआई हेल्थपल्स बीमालेख (IGI Health+ Policy)

तपाई र तपाईको परिवारको स्वास्थ तपाईको लागि सर्वोपरी महत्वको विषय हो । आफ्ना परिवारहरुको स्वास्थ प्रतिको संवेदनशीलता र चासो दिन प्रति दिन बढिरहेको छ । यसलाई मध्येनजर राखी आइएमई जनरल इन्स्योरन्स लि. ले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने गरि आइजिआई हेल्थ प्लस बीमालेख ल्याएको छ । यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।

दुर्घटना बीमा :

यस बीमालेख अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित रु.५ लाख देखि १५ लाख सीमा सम्मको सुविधाहरु प्रदान गरिनेछ ।
 
औषधोपचार बीमा :

यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च एक लाख देखि पाँच लाखसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।
 
घातक रोग :

यस बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम रु. ५ लाख तुरुन्त भुक्तानी गरिनेछ ।

परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्ष सम्म, अबिबाहित तथा रोजगारी नभएको हुनुपर्ने छ । ५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ । बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको र Matemity को लागि ९ महिनाको waiting period लाग्ने छ । 

औषधोपचार बीमालेख अन्तगर्र्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ । यस बीमालेख अन्तर्गत  हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ ।

यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।

IGI Easy Cashless Clame Settlement (IGI ECCS)

यो सेवा हाललाई काठमाण्डौं उपत्यका भित्र लागु हुनेछ । कम्पनीबाट आफनो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकमहानुभावहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ । यस अवसरमा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संझौतापत्रमा हस्ताक्षर गरी सेवाको शुरुवात गरे । 

कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेश्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।

You Register :

आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नरमा फोन, SMS, Viber, WhatsApp मार्फत दुर्घटनाको जानकारी  गराउन सकिनेछ । यसको विवरण कम्पनीको Website and  Facebook Page मा उपलबध रहने छ ।

We Pickup:

क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरी स्थित स्पार्क अटोकेयर प्रा.लि को सर्भिस सेण्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी प्राप्त भएको २४ घण्टभित्र स्पार्क अटोकेयरले आफ्नै खर्चमा क्षति भएको सवारी साधनलाई मर्मतको लागि लिएर जानेछ ।

You Relax:

सवारी साधन सर्भिस सेण्टरमा पु¥याए पश्चात स्पार्क अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै सर्भिस सेण्टर कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी स्पार्क अटोकेयरबाट भई रहनेछ । 

We Deliver:

मर्मत भई तयार भएको सवारी साधन स्पार्क अटोकेयरले आफैंले काठमाण्डौं उपत्यका भित्र सावरी धनीको घरसम्म पुर्याने व्यवस्था मिलाईएको छ । यसरी सहज र सरल रुपमा निजी सवारी धनीहरुले नगद सहित दावी सेवा प्राप्त गर्न सक्नेछन् । 


            

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको