Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओमा आकर्षक आवेदन परेपछि नेष्डो समृद्ध लघुवित्त मख्खै, दियाे सबैलाई धन्यवाद

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १४ : ३५ मा प्रकाशित

आईपीओमा आकर्षक आवेदन परेपछि नेष्डो समृद्ध लघुवित्त मख्खै, दियाे सबैलाई धन्यवाद

नेष्डो समृद्ध लघुवित्तकाे आईपीओमा आकर्षक आवेदन परेपछि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड मख्ख पर्दै सबैलाई धन्यवाद दिएकाे छ ।

संस्थाले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भनेकाे छ, "नेपालको धितोपत्र बजारमा ४ दिनको छोटो समयावधि भित्रै आवश्यकभन्दा बढी संख्यामा शेयरको माग गरी उल्लेख्य सहभागिता जनाउनुहुने सम्पुर्ण लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्भाव प्रदान गरी सेयर निष्कासन कार्यलाई ऐतिहासिक रुपमा सफल बनाउनुहुने सम्पूर्ण शुभेच्छक, ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरु नियामक निकायहरु सञ्चारकर्मी लगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक र निष्कासनकर्ता कम्पनीका तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सदभाव रहिरहने अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।"

संस्थाले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन २४ गते, मंगलबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड येलो पेगोडा होटल, जमल, काठमाडौँमा सम्पन्न भएकाे हाे ।

नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाले २ कराेड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ४ हजार १ सय ४६ जनाको आवेदन रद्द थियाे । २५ लाख २२ हजार ९ सय ५५ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेकाे हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँडमा ८ अंककाे संयाेग

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

संस्थाले सार्वजनिक गरेकाे प्रेस विज्ञप्ति यस प्रकारकाे छ :

No description available.



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको