Like us!
Follow us!
Connect us!
Watch us!

बलात्कार आराेपकाे अनुसन्धान गर्न पल शाहलाई गैंडाकोट ल्याइयो

अर्थ संसार

मंगलबार, २४ फागुन २०७८, १७ : ०३ मा प्रकाशित

बलात्कार आराेपकाे अनुसन्धान गर्न पल शाहलाई गैंडाकोट ल्याइयो

नाबालिग बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ ।

तनहुँ प्रहरीमा बलात्कारकाे जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् । 

उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो । 

बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदालतबाट हिरासतमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए । 

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको