Like us!
Follow us!
Connect us!
Watch us!

संखुवासभा बस दुर्घटना : सात जनाको मृत्यु

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १० : ०४ मा प्रकाशित

संखुवासभा बस दुर्घटना : सात जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना भएकाे छ ।

संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीले जानकारी दिए । 

बिहीबार बिहान साढे सात बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन । 

बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको