Like us!
Follow us!
Connect us!
Watch us!

छोटेलाल रौनियार भन्छन्- ‘अब धेरै घट्ने ठाँउ छैन, बजार छिट्टै लयमा फर्कन्छ’

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १० : १७ मा प्रकाशित

छोटेलाल रौनियार भन्छन्- ‘अब धेरै घट्ने ठाँउ छैन, बजार छिट्टै लयमा फर्कन्छ’

अहिले बजारमा गिरावट आउनुमा विभिन्न कारणहरु रहेको बताउँछन् सेयर विश्लेषक एबं नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार ।

अहिले मुख्य गरी आम लगानीकर्ताहरुको मास साइकोलोजी नै विक र नकारात्मक छ । सेबाेन, नेप्से, राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले नै बजारका लागि सकारात्मक काम गर्नु भन्दा पनि नकारात्मक काम गरिदिँदा अहिले लगानीकर्ताहरुको मास साईकोलोजी कमजोर भएको रौनियारको तर्क छ । 

“बजारमा विभिन्न नकारात्मक कुराहरु छन् जसलाई कतिपय मिडिया र लगानीकर्ताहरुले हाइप गरिदिँदा बजार थप प्यानिक बन्यो, अहिले रुस र युक्रनेकाबीचमा चलेको युद्धले पनि नेपालको बजारलाई केहि नकारात्मक बनाएको हो यति हुँदा हुँदै पनि अहिले बजारमा केहि सकारात्मक संकेतहरु पनि देखिएका छन् २२ अर्बसम्म पुगेको कारोबार रकम अहिले घटेर २ अर्बको हारहारीमा पुगिसकेको छ यसले पनि लगानीकर्ताहरु सस्तोमा सेयर बेच्न तयार छैनन् भन्ने संकेत गर्छ” रौनियारले भने । 

“आयातमा सरकाले लगाएको प्रतिबन्ध र कडाईले पक्कै पनि रेमिट्यान्सलाई वृद्धि गर्नेछ, पहिलेको तुलनामा पछिल्ला दिनहरुमा तरलता पनि केहि बढिरहेको समचार बाहिरिएका छन्, रुस र युक्रेन बिचको वार पनि केहि दिन भित्रै समाधान होला त्यसैगरी वैशाखमा चुनाव घोषणा भइसकेको छ यी सबै कुराहरुले बजारलाई पक्कै पनि सकारात्मक बनाउने छ” उनले भने “मेरो बिचारमा यी विभिन्न कारणहरुले चैत्र बाट नै बजार फर्किन सक्छ अहिले कतिपय लगानीकर्ताहरु पैसा लिएर नै पर्ख र हेरको रणनितीमा बसिरहेका छन् केहि सकारात्मक समाचार आउना साथ बजार लयमा फर्कन्छ र नयाँ उचाई हासिँल गर्ने संभावना म देख्छु यो लगानीकर्ताहरुको लागि लगानीको अवसर पनि हो वारेन बफेटले पनि भनेका छन् 'Buy in red zone so you can enjoy on green zone' त्यसैले मैले त यसलाई खरिदको उत्तम अवसरका रुपमा हेरेको छु ।”

'मेरो व्यक्तिगत अनुभवका आधारमा भन्नुपर्दा चैत्रबाट बजार आफ्नो लयमा फर्कने म देख्छु, अब विस्तारै सबैकुराहरु समाधान हुँदैछन् सेवोन र नेप्सेले पनि नेतृत्व पाएका छन् आसा गरौँ नयाँ नेतृत्वबाट नेपालको पूँजीबजार विकासका लागि सकारात्मक कदमहरु चाल्ने छन्' रौनियारले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको