Like us!
Follow us!
Connect us!
Watch us!

को हुन् त सेयर बजारका 'खेलाडी' ? बजारको चिरफार : एपिसोड १०

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १३ : ५५ मा प्रकाशित

बजारमा अहिले २ वटा शब्दहरु निकै भाईरल छन।  एउटा 'खेलाडी' अर्को 'अध्ययन'। बजार घट्यो खेलाडीले घटाए, बजार बढ्यो खेलाडीले बढाए। कुनै कम्पनीको सेयर मूल्य बढ्यो, 'खेलाडी लागेर बढाए'। कुनै समय नेप्सेमा १ अर्बको कारोबार हुँदा हर्षोल्लास गरिन्थ्यो। तर अहिले ५/६ अर्बको कारोबार सामान्य हुन थालेको छ।

बजार उत्कर्षमा हुँदा त २२ अर्बको कारोबार पनि भएको थियो। यसरी बजारमा हुने कारोबार बढेको अवस्थामा र करिब ११ लाख भन्दा बढी लगानीकर्ताहरुले TMS मार्फत दोश्रो बजारमा सेयर कारोबार गरिरहेको अवस्थामा अहिले बजारमा खेल्न त्यति सजिलो छ र ? २०/३० करोडको कारोबार हुने बजार र होइन नि त यो ! 

बजारमा लागेका बजार जानकार जो सुकै सँग सेयरमा कमाउन के गर्नुपर्छ भनेर सोध्नुहोस, जवाफ पाउनुहुनेछ, 'अध्ययन गर्नुपर्छ'।  कस्तो अध्ययन, के अध्ययन भनेर सोध्यो भने त्यहि EPS  र PE रेसियोको कुरा बाहेक कसैले केहि भन्दैन ! के यत्ति जान्दैमा कमाइन्छ त बजारमा ? होला, मार्केटमा स्ट्रंग अपट्रेन्ड चल्दै गर्दा त ढुंगा छोए पनि सुन होला तर बजारमा सधैं अपट्रेन्ड त चल्दैन नि !

बजारको चिरफारको दशौँ एपिसोडमा हामीले यी र यस्तै कुराहरु अनि सेयर बजारलाइ ड्राइभ गर्न सक्ने घटनाहरु के हुन् यतिबेला भन्ने कुराको सटिक विश्लेषणका साथै नेप्सेको प्राविधिक विश्लेषण प्रस्तुत गरेका छौँ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको