Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर नबढ्ने वातावरण बनाउन अर्थमन्त्री र गभर्नरबीच छलफल, तयारीमा जुट्यो राष्ट्र बैंक

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १५ : १२ मा प्रकाशित

ब्याजदर नबढ्ने वातावरण बनाउन अर्थमन्त्री र गभर्नरबीच छलफल, तयारीमा जुट्यो राष्ट्र बैंक

अर्थमन्त्री जनार्दन शर्माले अब ब्याजदर नबढ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई दबाब दिएको खुलासा भएको छ। उद्योगी व्यापारीहरु यस्तो चर्को ब्याजमा काम गर्न नसकिने भन्दै अर्थमन्त्रालयमा डेलिगेसनमा गैरहेको र अब व्याजदर बढ्न नदिने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको एक प्रतिष्ठित उद्योगीले बताए ।

यसअघि मुद्दती निक्षेपमा १० प्रतिशतको हाराहारीमा र बचत खातामा ६ प्रतिशतको हाराहारीमा रहेको व्याजदर बढाउंदै कमर्सियल बैंकहरुले फागुन महिनामा मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र बचत खातामा ८ प्रतिशतको हाराहारीमा व्याज दिएका थिए।  निक्षेपको व्याजदर बढेपछि त्यसले कस्ट अफ फण्ड बढ्ने र कस्ट अफ फण्ड बढेसंगै कर्जाको व्याजदर बढाउन बैंकहरु बाध्य हुने वातावरण बन्ने हुँदा निक्षेपको व्याजदर अब यो भन्दा धेरै बढ्नुहुन्न भन्ने कुरामा अर्थमन्त्री शर्मा 'कन्भिन्स्ड' भएको ती उद्योगीले बताए।  

चुनाव नजिकै रहेको र यतिखेर उद्योगी/व्यापारीहरुको आर्थिक सहयोगको विशेष महत्व रहेको बेला उद्योगी/व्यापारीहरुलाई चिढाउने पक्षमा अर्थमन्त्री नरहेको पनि बुझिन आएको छ।  त्यसैले अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरसँग चैत्रमा व्याजदर नबढाउन के गर्न सकिन्छ भनेर छलफल गरिसकेको जानकारी राष्ट्र बैंकको उच्च स्रोतबाट प्राप्त भएको छ। त्यसलगत्तै राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको बैठक बसेको र चैत्रमा निक्षेपको व्याजदर नबढाउने बारेमा बैंकर्स संघसँग छलफल गर्ने निर्णय भएको पनि उच्च स्रोतले बतायो । 

यता निक्षेपको व्याजदर बढ्दा कस्ट अफ फण्ड बढेको तर सोचेजस्तो डिपोजिट कलेक्सन नभएकाले बैंकरहरु पनि व्याजदर बढाउने पक्षमा छैनन्। यसअघि फागुनमा राष्ट्र बैंकबाटै दबाब आएकाले मात्रै व्याजदर बढाएका बैंकहरु राष्ट्र बैंकले ग्रीन सिग्नल दिएको अवस्थामा व्याजदरलाई यथास्थितिमा राख्न तयार रहेको एक कमर्सियल बैंकका सीईओले अर्थसंसारलाई बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको