Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक खरिद नियमावली संशोधन, अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, ०६ : ५१ मा प्रकाशित

सार्वजनिक खरिद नियमावली संशोधन, अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का

मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको छ । बिहीरबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली संशोधन पास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले जानकारी दिए ।

उनले यसभन्दा अगाडि बसेको मन्त्रिपषिद् बैठकमा सार्वजनिक खरिद नियमावली पास भएको थियो । उक्त पास भएको नियमावलीको थप संशोधन पास भएको  हो। खेलकुद मन्त्री गहतराजका अनुसार आज पास भएको नियमावली अब केही दिनभित्र राजपत्रमा प्रकाशित हुने छ ।

सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब ३ अर्ब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ ।

यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्बसम्म पुर्याइएको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै अब ६० प्रतिशत काम सम्पन्न गरेको आधारमा मात्र पाँच वटाभन्दा बढी ठेक्का लिन पाउने व्यवस्था गरेको हो ।

एक मन्त्रीका अनुसार ६० प्रतिशत काम सम्पन्न नगरेमा एउटा व्यवसायीले पाँचवटा भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उचित कदमको संज्ञा दिएका छन् । उनले तीव्र प्रतीक्षा गरेको व्यवस्था सरकारले ल्याएको भन्दै आफूहरू यो व्यवस्थाबाट अति नै उत्साहित भएको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको