Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकले डाक्यो साधारणसभा, यस्ता छन् एजेन्डाहरु

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, ०८ : २८ मा प्रकाशित

एनआईसी एसिया बैंकले डाक्यो साधारणसभा, यस्ता छन् एजेन्डाहरु

एनआईसी एसिया बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजो (फागुन २६ गते, विहिबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २४ औँ वार्षिक साधारण सभा चैत्र २० गते, आईतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकका चयन गर्नेछ, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्नेछ । साथै सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित हुनेछ ।

बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको