Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा नेपाल पे क्युआरको सुरुवात

अर्थ संसार

आइतबार, २९ फागुन २०७८, १० : ४९ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा नेपाल पे क्युआरको सुरुवात

कामना सेवा विकास बैंकले National Payment Switch अन्तर्गतको नेपाल पे क्युआरको लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपाल पे क्युआर सुबिधा प्रदान गर्न सुरु गरेको छ ।  यस सेवा मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको  ग्राहकहरुलाई QR Payment मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ । 

NEPAL PAY QR, नेपाल राष्ट्र बैंकले जारी गरेको र  NCHL द्वारा संचालित QR को माप्दण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जस्ले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ । कामना सेवा विकास बैंक National Payment Switch मा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र  NEPAL PAY QR लाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको छ । यससँगै, कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब NEPALPAY QR मार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन् ।  

त्यस्तै, कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको  वालेट वा connect IPS को मोबाइल बैंकिङ मार्फत यो सुबिधा प्रयोग गर्न सक्नेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको